कानूनी जानकारी


कानूनी जानकारी

हिमाल, पहाड, मधेश जहाँ रहौं नेपालको कानून समान रुपमा पालना गर्नु पर्दछ । चाहे धनी होस् या गरीब, शिक्षित होस् या निरक्षर कानूनको नजरमा सबै समान हुन्छ । कानूनको जानकारी थिएन, छैन भन्ने छुट कसैलाई पनि छैन । चाहे नागरिक होस् या गैर नागरिक यस सरहदमा पाईला राखेपछि यसै पवित्र भूमीको नियम, कानून पालना गर्नु पर्दछ । कानून एक अर्थमा अनुशासनको नियम हो ।

परापूर्वकालमा कसैमाथी अन्याय गरे भगवान बेखुशी हुन्छन् र दण्डित गर्छन् भन्ने मान्यताका साथ प्रार्दुभाव भई धार्मिक कानूनको रुपमा बेदमा सामान्य जन जिवनका दैनिकी चलाउने नियमको रुपम निर्मित नियमले विस्तारै विकशित रुप धारण गर्दे आजको कानूनको रुपमा आएका हुन् । जसलाई हाम्रै सामान्य दैनिकिको नियमहरु हाम्रो कानूनका बूँदाका रुपमा लिपिबद्ध गरिएका हुन् । जसलाई जान्नु र पालना गर्नु हामी सबैको परमा कर्तब्य हो किनकी कानून पालना नगर्नु अराजकता निम्त्याउनु हो । र कानूूनको पालना सभ्य समाज निर्माणको आधारशिला हो । कानून सबैले पालना गर्नु पर्दछ किनकी कानूनको अनभिज्ञता क्षम्य हुँदैन(Ignorance of Law Is No Excuse) ।

तसर्थ तपाईं हाम्रो दैनिक जिवनमा आईपर्ने र हामीले अनिवार्य रुपमा जान्नै पर्ने, नजानेकै कारण आफूले नै खति व्यहोर्नु पर्ने दैनिक भोगाईका सामान्य कानूनको जानकारी गराउने र सभ्य समाजको निर्माणमा अर्थपूर्ण योगदान पु¥याउने उद्येश्यले हामी तपाईको साथमा छौैं । तपाईंले आफ्नो जिवन भोगाईका क्रममा बिहान उठेदेखि रातमा सुत्ने बेलासम्म गर्न नहुने र गर्नुपर्ने अनिवार्य कानूनका कुरा जान्नु अत्यावश्यक हुन्छ ।

यदी सामान्य कानूूनका कुरा नजानेकै काण तपाईंले कानूनी झञ्झट बेहोर्नु पर्ने अवस्था सृजना भएको खण्डमा मैले प्रचलित कानूनको बारेमा अनभिज्ञ भएको कारण कारण गल्ति भयो भन्दा कानूनी सजाँयबाट उन्मुक्ति पाउन सक्नुहुन्न । तसर्थ तपाईंको कानून तपाईंले जान्नु पर्दछ ।
(Know Your Law) अर्थात तपाईंको कानून तपाईंले जान्नुहोस् र जीवन सु–संस्कृत, सुदृढ एबं समुन्नत बनाउनुहोस् भन्ने अभिप्रायका साथ तपाईंको दैनिक जिवनका हरेक विषय जो कानूनसंग प्रत्यक्ष तथा रुपमा सम्बन्ध राख्ने र तपाईंले अनिबार्य थाह पाउने कानूनी जानकारी लिएर आएका छौं । कुनै सल्लाह, सुझाब र जिज्ञासा भएमा कृपया हामीलाई ईमेल या मेसेज बक्समा मेसेज गर्नुहोला । धन्यवाद ।



Comment Here !