हाम्रो बारे

राजधानीकै एउटा बस्तीमा राधिकाले आफ्ना दुई छोरीको बाबुलाई सुतिरहेको अवस्थामा रातको ११ बजे तिर मट्टितेल छर्किएर आगो लगाई दुई नाबालिका छोरीहरु लाई बाहिर निकाली ढोकाको चुक्कुल बाहिरबाट लगाएर कपन स्थित आफन्तकोमा गएर बसिन् । उता राधिकाको श्रीमान आगोले जल्दै गर्दा चिच्याएर ढोकाभित्रबाट गुहार माग्दा मानिसहरु आएर ढोका खोली हेर्दा आगोको ज्वाला संगै बाहिर आएका उनलाई पत्नीले आगो लगाईदिएको बताउदै अवस्थामा फेला पारी छिमेकीले अस्पताल पु¥याईएका भएता पनि अस्पतालले बचाउन गरेको प्रयास असफल भयो । दुई छोरीहरुकी आमा राधिकालाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा लोग्नेले दिनहुँ मादक पदार्थ खाएर आउने र आफूलाई कुटपीट तथा झगडा गरेकोले र छोरीहरुलाई समेत लछारपछार गर्ने हुँदा मारेपछि आनन्द हुने ठानी आगो लगाईदिएको बताईन् । राधिकालाई कुटपीट गर्ने निजका श्रीमानले गरेको कुटपीट तथा अभद्र व्यवहार विरुद्ध अदालत जान पाउने कानूनी अधिकार राधिकालाई जानकारी हुन्थ्यो भने राधिकाले आफू जेल जाने बाटो रोज्ने थिईनन् ।

उता कैलालीमा तीन सन्तानकी आमा सुमित्राले आफ्नो लोग्नेलाई दाउरा चिर्ने बन्चरोले प्रहार गरेर हत्या गरिन् । सुमित्रालाई प्रहरीले पक्राउ ग¥यो । आफ्नै लोग्नेलाई किन बन्चरोले हानी हत्या गरेको भनी प्रहरीले सोधेको प्रश्नमा उनले शरीरभरी अनगिन्ति नीलडामहरु तथा आला तथा पुराना घाउका खतहरु देखाउँदै आफ्नै भाषामा मलाई रक्सि खाएर आउने र मलाई दिनदिनै कुटेर घाउ मात्रै बनाईदिन्थ्यो, छोराछोरीलाई चाहिने खर्च पनि कहिलै दिएन, रक्सी खाएरै उडायो, दिनदिनैको कचकच र मारामार भन्दा मारिदिएपछि आनन्द हुन्छ, मलाई पनि छोराछोरीलाई पनि । तिमीलाई कुटपीट गरेकोमा त हामीलाई खवर गरेको भए उसलाई ल्याएर थुन्ने थियौं नि त भन्ने प्रहरीको भनाईमा सुमित्राले प्रतिप्रश्न गरिन्, ए मलाई कुटेको कुरा यहाँ आएर भनेको भए उसलाई थुन्नु हुन्थ्यो ? यस्तो नियम÷कानून छ ? भन्दै सुमित्रा आश्चर्य परिन् । सुमित्रालाई लोग्नेले गरेको कार्य घरेलु हिंशा हो र यसको कानूनी उपचार हुन्छ भन्ने थाह भएको भए न त उनी जेल जानु पथ्र्यो, न त उनका तीन छोराछोरी सडकमा ।

गुमानसिंह बिदेशमा बस्दा यता नेपालमा उसकी श्रीमति परेलीको चक्कर अरु संगै छ भन्ने हल्ला पाई नेपालमा आएर गुमानसिंहको श्रीमतिसंग झगडा प¥यो । श्रीमतिले आफू निर्दोश रहेको कुरा बताईरहँदा गुमानसिंहलाई भने पूर्ण विश्वास नभएपछि गुमानसिंह र परेली दिनदिनैको झगडा भन्दा छुट्टा छुट्टै बस्ने निधो गरे । समय बित्दै गयो । छुट्टिएर बसेको पनि तीन बर्ष बितिसक्यो । गुमानसिंहले गाउँकै एक युवति पुतलीसंग घरजम गर्ने निधो ग¥यो । दुबै गाउँबाट टाढा शहरमा गई बस्न थाले । पुतली गर्भवति भईन् । गुमानसिंहलाई खोज्दै परेली गाउँबाट शहर आईन् । गुमानसिंह र पुतलीलाई पति पत्नीको रुपमा संगै बसेको देखि परेलीले उनीहरु बिरुद्ध प्रहरीमा जाहेरी दिईन् । गुमानसिंहले परेलीसंग छुट्टिएर बसेको तीन बर्ष भईसकेकोले आफूले बिवाह गरेको र आफूले गैरकानूनी कार्य नगरेको जिकिर अदालतमा ग¥यो । अदालतले जिकिरलाई मान्यता दिएन । परेलीसंगको बैवाहिक सम्बन्ध छँदा छँदै अर्को विबाह गरेकोले ८ महिनाको गर्भवति पुतली र गुमानसिंह जेल चलान भए । गुमानसिंह र पुतलीलाई विबाह गर्न परेलीसंगको वैबाहिक सम्बन्ध अन्त्य नभएसम्म बाटो खुला रहन्न भन्ने कुरा जानकारी भएको भए उनीहरु जेल जानु पर्ने थिएन ।

यस्ता कैंयन तपाईं हाम्रो दैनिक जिवनमा आईपर्ने र हामीले अनिवार्य रुपमा जान्नै पर्ने, नजानेकै कारण आफूले नै खति व्यहोर्नु पर्ने दैनिक भोगाईका सामान्य कानूनको जानकारी गराउने र सामान्य कानूनका जानकारी गराउने उद्येश्यले तपाईको साथमा छौैं । तपाईंले आफ्नो जिवन भोगाईका क्रममा विहान उठेदेखि रातमा सुत्ने बेलासम्म गर्न नहुने र गर्नुपर्ने अनिवार्य कानूनका कुरा जान्नु अत्यावश्यक हुन्छ । यदी सामान्य कानूूनका कुरा नजानेकै काण तपाईंले कानूनी झञ्झट बेहोर्नु पर्ने अवस्था सृजना भएको खण्डमा मैले प्रचलित कानूनको बारेमा अनभिज्ञ भएको कारण कारण गल्ति भयो भन्दा कानूनी सजाँयबाट उन्मुक्ति पाउन सक्नुहुन्न । तसर्थ तपाईंको कानून तपाईंले जान्नु पर्दछ ।


Know Your Law अर्थात तपाईंको कानून तपाईंले जान्नुहोस् र जीवन सु–संस्कृत, सुदृढ एबं समुन्नत बनाउनुहोस् भन्ने अभिप्रायका साथ तपाईंको दैनिक जिवनका हरेक विषय जो कानूनसंग प्रत्यक्ष तथा रुपमा सम्बन्ध राख्ने र तपाईंले अनिबार्य थाह पाउने कानूनी जानकारी लिएर आएका छौं । कुनै सल्लाह, सुझाब र जिज्ञासा भएमा कृपया हामीलाई ईमेल या मेसेज बक्समा मेसेज गर्नुहोला । धन्यवाद ।

Comment Here !