सर्वोच्च अदालको नयाँ भवनमा रहेको अभिलेख शाखामा भोटेकोशी बाढी आएको मिति २०८३।०५।१० लगत्तै भाद्र १८ गते रातीको समयमा राज्य संयन्त्र तथा सम्पूर्ण सर्वसाधारण जनताको समेत ध्यान बाढीको कारण भएको क्षति र त्यसको त्रासदी भएकै समयमा मध्यरात्रीमा केही दिन अगाडी आगो लाग्दा दुई वटा दराजका कागजातहरु जलेर नष्ट भएको बताईएको छ।
साथै यो घटना गुपचुप राखिएको छ। घटनाबारे सोध्दा अदालतका जिम्मेवार कर्मचारिहरुले सो ‘आगलागिमा मामुली कागजहरु मात्र जलेको’ जबाफ दिईरहेकाेमा अदालतमा व्यवस्थित गरिएर राखिएका कागजहरु मामुली हुन्छन् ? भन्ने प्रश्न खडा भएको छ । गत सालको भदौ महिनामा जलाउन नसकिएका कागजहरु जलाउने अभियान अझै रोकिएको छैन र कागज जलाउने अभियान जारी रहेको भन्ने कतिपयले दावा गरिरहेका छन् भने सर्वाोच्च प्रशासन यस विषयमा मौन छ ।
गत वर्ष २०८२ भाद्र २४ गते नवयुवाको आन्दाेलनको आडमा सर्वोच्च अदालतमा आगजनी गरी चालु रहेका सबैजसो मुद्दाका मिसिलहरु पूर्ण रुपमा जलाईएका थिए । तत् पश्चात सर्वोच्च प्रशासनले सरकारी वकिल तथा सेवाग्राहीहरु संगबाट जलेका मिसिलहरुका नक्कल मागेर त्यसलाई प्रमाणित गराई मुद्दा प्रकृया अगाडी बढाउँदै आएको थियाे ।
प्रतिक्रिया