सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल बिदा बसेकी छन् । सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्मा नियुक्ति भएसँगै मल्ल २० दिन बिदा बसेकी छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए ।
शर्माको नियुक्त हुनुअघि मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारी थिइन् । तर संवैधानिक परिषदले आफूभन्दा जुनिएर डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन् ।
डा. शर्माको हिजो भएको शपथ ग्रहण पदभार समारोहमा मल्ल सहभागी भएकी थिइनन् ।

प्रतिक्रिया