घरेलु हिंसा


        घरेलु हिंसा भनेकाे के हाे 

  • घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्ती लाई दिएको शारिरिक मानसिक , यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ । घरेलु हिंसा महिला, पुरुष, बालबालिका, घरेलु कामदार जाे काेही पनि पर्न सक्छ । महिला मात्र यस्ताे अपराधकाे सिकार हुन्छन् भन्ने हुदैन । यस्ताे हिंसाकाे सिकार एउटै घरभित्र एकासगाेलमा बस्ने जाे काेहि पनि हुन सक्छ ।

 

  • कसैले पनि घरेलु हिंसा गर्न गराउन वा सो कुराको उघोग गर्न वा घरेलु हिंसा गर्न वा गराउन वा सो कुराको उधोग गर्न वा घरेलु हिंसा को निमित्त कसैलाई दुरुत्साहन गर्न हुदैन । यसाे गरेमा  घरेलु हिंसाकाे कसूर हुन्छ ।

          उजुरी कहाँ कसरी गर्ने

  • घरेलु हिंसा भएको , भैरहेको वा हुन लागृको थाहा पाउाने व्यक्ती ले सो सम्बन्धी विवरण खुलाई पहरी कार्यलय वा राष्टिय महिला आयोग वा स्थानिय तह समक्ष लिखित वा मौखिक उजुरी दिन सक्नेछ ।

        उजुरी दर्ता र उजुरी दर्ता पछि हुने कानुनी कार्वाही पकृया

  • घरेलु हिंसा भएको देखिएमा र पिडितले चाहेमा पहरी कार्यलय र स्थानिय तहले उजुरी परेको मितिले ३० दिन भित्र दुवै पक्ष बीच मेलमिलाप गराइदिनु पर्ने ।
  • पीडक उपस्थित नभएमा वा मेलमिलाप हुन नसकेमा पहरी कार्यलय वा स्थानिय तहले उजूरी कर्ताको सहमति भएमा ८ बमोजिम म्याद ३० दिन समाप्त भएको मितिले १५ दिनभित्र सबै व्यहोरा उल्लेख गरी उजुरी र सो सँग मिसिल कागज र पमाण अदालत समक्ष पठाइदिनु पर्ने कानुनी व्यवस्था रहेकाे छ ।
  • अदालतले उजुरीको आधारमा कारवाही र किनारा गर्नु पर्नेछ ।
  • शरीर अंगभगं भएको वा तेजाब छर्किएर वा शारिरिक यातना वा यौनजन्य यातना भएको देखिए नजिकको पहरी कार्यलयमा जाहेरी दरखास्त दिन सक्नेछ ।
  • अदालतले अन्तिम संरक्षणत्मक आदेश जारी गर्न सक्नेछ ।
  • यदि पिडितले अनुरोध गरेमा बन्द इजलासमा सुनुवाइ गर्न सक्ने ।
  • मुद्दाको किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन २०२८ बमोजिम कार्यबिधि अपनाउनु पर्ने हुन्छ।
  • उपचार खर्च पिडकले व्यर्होनु पर्ने
  • अदालतले पिडकबाट मनासिब क्षतिपूर्ति भराइदिन सक्ने ।

         सजाय

  • अंगभगं, तेजाब छर्किइ वा सो पदार्थले पोलि , डामि, जिउमा पिडा वा अनुहार वा शरीर कुरुप पारिदिने गरेका घरेलु हिंसामा पचलित कानून बमोजिम सजाय हुने ।
  • अन्य घरेलु हिंसा३ हजार देखि २५००० रुपैयासम्म जरिवाना वा ६ महिना कैद वा दुवै
  • दुरुत्साहन गर्ने वा मतियार हुनेलाइ कसूरदारलाइ हुने आधा सजाय
  • सजाय पाएको व्यक्तिले पूनस् सोहि कसूर गरेमा पटकै पिछे दोब्बर सजाय
  • सार्वजनिक पदमा भएको व्यक्तिलाइ थप १०५ सजाय
  • हदम्याद : कसुर भए गरेको मितिले ९० दिनभित्र उजुरी दिनु पर्ने

 

 

 



Comment Here !