दुई तिहाइ र महाअभियोग सँग नडराई स्वतन्त्र र निष्पक्ष रूपमा न्याय सम्पादन गर्न सम्पूर्ण न्यायकर्मीहरूलाई अपिल
बैशाख २६ कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै का.मु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सरकारको दुई तिहाइ र महाअभियोग सँग नडराई स्वतन्त्र र निष्पक्ष रूपमा न्याय सम्पादन गर्न सम्पूर्ण न्यायकर्मीहरूलाई अपिल गर्नुभएको छ।
संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वतः सुरक्षित हुन्छ भनेर हामी मान्न नसक्ने बताउनु भएको थियाे । म भन्न चाहन्छु, संविधानको स्पिरिटमा न्यायपालिका चल्न सक्छ । म सबै न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन । चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस् । चाहे त्यो महाभियोगको डर नै किन नहोस् । डर र भयबाट मुक्त भइ अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो ।
यही बैशाख २४ गते बिहीबार बसेकाे संवैधानिक परिषदको बैठकले रोलक्रमको चौथोमा रहेका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस गरेपछि कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रधान न्यायाधीश बन्ने बाटाे बन्द गरिदिएपछि २५ गतेकाे बेन्च बहिस्कार गर्नुभएकाे प्रधानले आज ७४ औं कानुन दिवसको अवसरमा आज बैशाख २६ मा सर्वाेच्च अदालतकाे आयाेजनामा संचालित कानून दिवसकाे कार्यक्रममा पहिलाे पटक सम्वोधनका क्रममा सरकारको दुई तिहाइ र महाअभियोग सँग नडराई स्वतन्त्र र निष्पक्ष रूपमा न्याय सम्पादन गर्न सम्पूर्ण न्यायकर्मीहरूलाई अपिल गर्नुभएको हो ।

प्रतिक्रिया