रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश मध्ये प्रधानन्यायाधीशमा सिफारिस
संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश मध्ये प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो पटक हो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उहाँ ३३ औं प्रधानन्यायाधीश बन्नु हुनेछ। कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुँयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।
४ असार, २०२७ सालमा पर्सामा जन्मिएका शर्मा २०९२ सालमा मात्रै ६५ वर्ष पुग्नु हुनेछ । ६ वर्षे कार्यकाल पूरा गरेर उहाँ वैशाख, २०८९ सम्म प्रधानन्यायाधीश हुनुहुनेछ।

प्रतिक्रिया