बलात्कृत १२ वर्षे नाबालिकाको कथा, यस्तो कसैलाई नपरोस् ।


काठमाण्डौं जिल्ला भित्रकै एउटा नगरपालिका, जहाँ बाबु आमाले फलफुल पसल गरी आफ्नो परिवारको जिवन चलाउने जोहो गरेका छन् । व्यापारको सिलसिलामा नेपालमा बसोबास गरिरहेका भारतीय नागरिककी नाबालिका छोरी भर्खर १२ बर्षकी भइन् , भर्खर कक्षा ५ मा पढ्दै छिन । तर उनी निकै लायक, खाइलाग्दी र हेर्दा १४/१५ की जस्ती देखिन्छिन् । उनको एउटा कक्षा १ मा पढ्ने ५ बर्षको भाई पनि छ । उनीहरुको पसलबाट डेरामा जान ५ मिनेट लाग्छ, बाबु आमा दुबैले छोरा छोरी लाई बिद्मालय पठाउने लगाएतका काम तथा घरको काम सकेर पसलको काममा दत्तचित्त भई काम गर्छन । १२ बर्षे छोरी ले स्कूल बाट फर्किए पछि आफ्नो तथा भाईको समेत स्कूल ड्रेस फेराई दिने र आफ्नो गृह कार्य गर्ने गर्थिन ।

बि. सं. २०७२ महिनाको एक शनिबारको दिनको थियो भाई खेल्न गएको थियो, बाबु आमा पसलमा । आफ्नै बाबुको साथी जसले उनकै बाबुले गर्ने किसिमको पसल गर्दथ्यो र बाबु संग कहिलेकाही डेरामा समेत आउने नाताले अंकल पर्ने करिब ३८/४० बर्षको व्यक्ति एक्कासी कोठामा पढिरहको बेलामा भित्र पस्दै १२ बसिरहको खाटमा गई सीधै शारीरिक हमला गर्छ । र त्यस बेला ति नानीले प्रतिकार गर्ने प्रयत्न गर्छिन तर रु ५०० दिने प्रलोभन दिन्छ, फेरि पनि उसको कुरालाई अस्वीकार गर्छिन तब उसले यदि मैले भनेको मानिनस भने म तेरो भाई र आमालाई मारेर फालिदिन्छु । त्यस पछि पुलिसले तेरो बाउलाई समातरेर लग्छ र जेलमा हालिदिन्छ, त्यसपछि मैले नै तलाई मन लागेको गरेर मारेर फलिदिन्छु भनेपछि बालिका काबु हुन्छिन र उसले भने बमोजिम गर्छिन । आमा र भाई लाई नमारोस बरु म जे पनि गर्न तयार छु भन्ने निष्कर्षमा पुग्छिन । उसले डर त्रास देखाएर पटक पटक यसरी नै घरमा आई बलात्कार गरी पनि रहन्छ र बाबु संगको पहिले देखिको उसको सम्बन्ध पनि निरन्तर नै रहन्छ । समय क्रम अगाडी बढिरहन्छ ।

बि. सं.२०७३ जेष्ठ महिना को २३ गते आईतबार जब कक्षा ६ मा पढ्दै थिईन् , उनी कक्षा कोठामा पढिरहेको बेलामा एक्कासी उनी पेट दुख्यो भनी अतालिएपछि स्कूलबाटै उनलाई अस्पताल पुर्याई जाँच गर्दा उनको पेटमा ६ महिनाको गर्भ रहेको कुरा खुल्छ । त्यसपछि उनीसंग सोधपुछ चल्छ, सोधपुछ का क्रममा उनले बलात्कारको क्रम अघिल्लो दिन २२ गते शनिबार समेत भएको बताईन् । तब बास्तबिकता खुलेपछि उनका बाबु आमालाई बिद्मालयको एक गुरुआमाले फोन सम्पर्क गरी बोलाएपछि एकाएक प्रहरीकोमा जाने काम हुन्छ । त्यहाँ जाहेरी दरखास्त दिए लगत्तै आरोपीलाई खोज्न प्रहरी खटिहाल्छ र यता पुन: प्रहरीले स्वास्थ्य जाचको लागि पठाउँछ । उता आरोपि लाई पक्राउ गरी ल्याएपछि प्रहरीमा साबिति बयान दिन्छ । अनुसन्धानका सबै प्रकृया पूरा भइ सरकारी वकिलले काठमाण्डौ जिल्ला अदालतमा बालिका बलात्कार गरेकोमा र गर्भवति अवस्थामा बलात्कार गरेकोमा थप ५ बर्ष सजाय माग गरी अभियोग पत्र दर्ता गर्यो ।

मुद्धामा आरोपीकी श्रीमतिले आफ्ने लोग्ने जेल गएमा आफ्ना ३ छोरीहरु लगाएत आफुलाई पालन पोषण कसले गर्देला ? त्यही भएर अदालतमा बकपत्र नगरीदिनुस बरु केही पैसा दिन्छु भन्ने प्रलोभन लगाएत धेरैको धम्कि समेत आयो । तर कुनै प्रलोभन तथा धम्किले काम गरेन, मुद्धा अगाडी बढिरहयो । आरोपिले प्रहरीमा साबिति बयान दिएको भएता पनि अदालतमा भने इन्कारी बयान दिन्छ । र बयान पश्चात पहिलो सुनुवाई भयो जसमा आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सम्मानीत अदालतबाट भयो र जेल चलान भयो । साथै मुद्धा प्रकृयागत ढंगले चलिरहयो । बकपत्र सम्म पनि बिपक्षीबाट मूद्धामा प्रभाबित पार्ने बिभिन्न प्रयासहरु तथा धम्किहरु जारी रहे ।

यता भने १३ बर्षकी पीडितले छोरी जन्माईन र त्यसको १ महिना पश्चात अदालतमा मुद्धको अन्तिम सुनुवाई हुने क्रममा ति पीडित लगाएत जन्मिएको नवजात शिशु समेत लिएर ईजलासमा बहस को क्रममा पीडितको तर्फबाट एक जना वकिलले बहश गरेको र पीडकलाई बालिका बलात्कार र गर्भवती बलात्कार समेतमा थप ५ बर्ष सजाएको लागि आधारहरु पर्याप्त रहेकोले थप सजाय समेत माग गरेको साथै नेपाल सरहद भित्र को शान्ति सुरक्षा को ग्यारेन्टी नेपाल सरकारले गर्नुपर्ने र यसमा राज्य चुकेको र ति बालिका को साथै नवजात शिशुको समेत पालन पोषण गर्नु पर्ने भएकोले पछि प्रतिबादीबाट नेपाल सरकारले अशुल उपर गर्ने गरी हाललाई तत्काल नेपाल सरकारबाट क्षतिपूर्ति भराउन माग गर्दा सम्माननीय न्यायाधीश ज्यू समेत निकै भाबुक हुदै पीडितलाई महिला तथा बालबालिका कार्यालय बाट तत्काल रु २ लाख क्षतिपूर्ति भराउने आदेश समेतको फैसलाका पीडकलाई १५ बर्ष कैद सजाय सुनाउँदा पीडित तथा उनका बाबु आमा तथा आफन्त लगाएत उनका बिद्मालयका गुरुहरु खुशी हुनुभयो । उनी भारतीय भएपनि नेपाली पीडित बालिका सरह अदालतबाट न्याय पाएको अनुभूति सबैले गरे । श्रीमान(न्यायधीश) ले भने स्तब्ध हुँदै आँखाको आँशु आँखैमा नियन्त्रण गर्दै  बोल्नुभयो – यस्तो कसैलाई नपरोस् ।



Comment Here !