बङ्गलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षकाे जेल सजाय


बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकामा रहेकाे एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ । ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पूर्वप्रधानन्यायाधीश सिन्हालाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको होसुनाउनुभएकाे फैसलामा बमोजिम उनले दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ।

पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स बैंक भनिने अहिले पद्मा नाम रहेको बैंकबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ । त्याे रकम सिन्हाको बैंक खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको पाइएकाे थियो ।



Comment Here !